काठमाडौं – सूर्योदय वोमी लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म आइपुग्दा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
आज साँझ ५ः०७ बजेसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन्। सर्वसाधारणलाई खुला गरिएको शेयरलाई आधार मान्दा यो आवेदन ५१०.१३ गुणा बढी हो।
यस लघुवित्तले साउन ४ गतेदेखि आजसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
प्रतिक्रिया