एकैदिन ७५.३३ अंकले बढ्यो शेयर बजार

एकैदिन ७५.३३ अंकले बढ्यो शेयर बजार


काठमाडौं – साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार शेयर बजारले २५०० को बिन्दु क्रस गरेको छ। आज शेयर बजार नेप्से परिसूचक ७५ दशलमव ३३ अंकले बढेर २,५६३ को विन्दुमा कायम भएको छ। आज २२० कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्रै शेयर मूल्य घटेको छ।

आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम सिमेन्टको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको २४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। अपि पावरको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज बोटलर्स नेपाल बालाजू, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्मिट लागेको छ।