आगामी शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

आगामी शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति आगामी शुक्रबार (साउन ११) गते ल्याउने भएको छ। गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको केन्द्रीय बैंकले अन्तिम समयमा आएर तयारी पूरा नभएको भन्दै रोकेको थियो ।

राष्ट्र बैंक स्राेतकाअनुसार छलफल लगायत अन्य तयारी सकिएकाले आगामी शुक्रबारसम्म माैद्रिक नीति सार्वजनिक हुनेछ।

केन्द्रीय बैंकले तयारी नपुगेकाले माैद्रिक नीति राेकिएकाे जवाफ दिएकाे छ। तर, बैंककाे उद्देश्य माैद्रिक नीतिमा गत साता मात्र बनेको नयाँ सरकारलाई समेट्नु देखिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकारमा डा. युवराज खतिवडा नियुक्त भएसँगै सरकारले मौद्रिक नीतिमा चासो राखेकाले माैद्रिक नीति राेकिएकाे आंकलन गरिएकाे छ ।