सीआईटीको ५० हजार कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक


काठमाडौं – एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी) को शेयर आज (साउन ७) गतेदेखि बिक्रीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले बिक्रीमा राखेको नागरिक लगानीको कोषको उक्त सेयरको मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ। खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।