काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंकाअनुसार आज छापावाला सुन एक लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुन एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको हो ।






About Us
प्रतिक्रिया