काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।
शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवदेन दिनुपर्नेछ । तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
शेयर बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न समेत बैंकले आग्रह गरेको छ ।



About Us
प्रतिक्रिया