काठमाडौं – १० ठूला वाणिज्य बैंकहरुको अन्तर्राष्ट्रिय लेखापरीक्षणका लागि प्रस्ताव पेश गर्ने मिति १ महिना पछि सरेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको अन्तर्राष्ट्रिय लेखापरीक्षणका लागि प्रस्ताव पेश गर्ने अवधि पुनः दोस्रो पटक थप गरेको हो।
यस अघि देशका १० ठूला बैंकको लेखापरीक्षण गर्न सर्टलिस्टमा परेका विदेशी अडिटरले प्रस्ताव पेश नगरेपछि असार २१ गते समय थपिएको थियो। सो सूचनाअनुसार असार ३१ गतेसम्म प्राविधिक प्रस्ताव पेश गर्ने समय थियो। प्राविधिक त्रुटि भएपछि मंगलबार पुनः प्रस्ताव पेश गर्ने समय थप गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आरएफपीअनुसार योग्य आवेदकबाट प्रस्ताव अनलाइन माध्यमबाट पेश गर्नुपर्ने तर प्राविधिक समस्या आएकाले दोस्रोपल्ट समय थप गरिएको जनाएको छ। दोस्रोपल्ट समय थप गरिएसँगै बैंकहरुको लेखापरीक्षण कार्य सुरु पनि कम्तिमा १ महिना पछि सरेको छ।
केन्द्रीय बैंकले गत चैत ८ गते अडिटर नियुक्त गर्ने गरी आशयपत्र मागको सूचना निकालेको थियो । यस्तै, वैशाख १८ गते योग्य अडिटरको नाम सार्वजनिक गर्दै उनीहरुबाट प्रस्ताव माग गरेको थियो।



About Us
प्रतिक्रिया