सूर्यज्योति र आइएमई लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने


काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएका छन् ।

आइएमई लाइफ इन्स्योरेन्सले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ मा सञ्चालन गर्ने बीमा अभिकर्ताको तालिमको विस्तृृत विवरण वेभसाइटमा राखेको छ ।

यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ को विभिन्न मितिमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जनाएकाे छ। यसको विस्तृत विवरण कम्पनीले आफ्नो वेभसाइटमा राखेको जनाएको छ ।

दुवै कम्पनीले सञ्चालन गर्ने तालिममा एसईई उत्तीर्ण गरेकाहरु सहभागी हुन पाउनेछन्। यसका लागि आफूलाई पायक पर्ने कम्पनीको कार्यालयमा सम्पर्क गर्न कम्पनीहरुले आग्रह गरेका छन् ।