संस्थापक सेयर बेच्दै जानकी फाइनान्स

संस्थापक सेयर बेच्दै जानकी फाइनान्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार,काठमाडौँ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडले ५१ हजार ३५ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक सेयरधनी मनोज कुमार शाहले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएको हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको कम्पनी सचिव कार्यालयमा निवेदनसहित सम्पर्क गर्न आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ ।