काठमाडौं – आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा विकास बैंकहरुको खुद नाफा करिब ५ अर्ब रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको जेठ मसान्तसम्ममा विकास बैंकहरुको खुद नाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।यसरी धेरै खुद नाफा आर्जन गर्नेहरुमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा छ। उक्त बैंकले साे अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यसैगरी, गरिमा विकास बैंकले ८५ करोड रुपैयाँ खुदा नाफा आर्जन गर्दा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ६७ करोड रुपैयाँ आर्जन गरेको छ। उक्त अवधिमा पाँच विकास बैंक घाटामा रहेका छन्। घाटा व्योहोर्नेहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सालपा डेभलपमेन्ट बैंक रहेका छन्।
चालु आर्थिक वर्षको ११ महिनामा मुक्तिनाथ विकासले बैंक १ अर्ब १६ करोड ९४ लाख, गरिमा विकास बैंकले लिमिटेड ८५ करोड ७४ लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले ६७ करोड ७९ लाख, महालक्ष्मी विकास बैंक लिमिटेडले ५५ करोड ४७ लाख, कामना सेवा विकास बैंक लिमिटेडले ४८ करोड ९२ लाख नाफा आर्जन गरेका छन्। त्यस्तै, लुम्बिनी विकास बैंक लिमिटेडले ४२ करोड ३ लाख, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ३५ करोड ३५ लाख, ज्योति विकास बैंक लिमिटेडले ३० करोड ९६ लाख, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ६ करोड ७६ लाख, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले २ करोड ३२ लाख, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले १ करोड ८८ लाख, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यसैगरी, एघार महिनामा सालपा विकास बैंक लिमिटेड २५ लाख घाटामा, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ५९ लाख घाटामा, सिन्धु विकास बैंक लिमिटेड २ करोड ४७ लाख घाटामा, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड ७ करोड १७ लाख घाटामा र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, १७ करोड ६८ लाख रुपैयाँ घाटामा रहेका छन्।
प्रतिक्रिया