काठमाडौं – आर्थिक वर्ष २०८०–८१ मा बैंकहरूले नेपाल राष्ट्र बैंकमा ४७ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ निक्षेप राखेका छन्। बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडेलमा ८२१ पटक गरि सो बरारबको निक्षेप राष्ट्र बैंकमा राखेका हुन्। जसमा बैंकहरुले ४३ खर्ब १८ अर्ब १५ करोड रुपैयाँ फिर्ता लिएका छन् भने ३ खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ भने राष्ट्र बैंकमा रहेको छ।
परिपक्व भएपछि बैंकहरुले ब्याजसहित त्यो पैसा फिर्ता पाउने छन्। राष्ट्र बैंकले थप निक्षेप संकलन गर्ने गरि प्रस्ताव आह्वान गरेको छैन। नयाँ मापदण्डअनुसार आजबाट स्थायी निक्षेप सुविधा पाइन्छ। कर्जा माग नभएर आफूसँग अधिक तरलता भएको अवस्थामा बैंकहरुले राष्ट्र बैंकमा निक्षेप राख्न सक्छन्। त्यस बापत राष्ट्र बैंकले निश्चित ब्याज पनि दिन्छ, जसलाई निक्षेप सुविधा भनिन्छ।
यो बर्ष बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत मात्रै राष्ट्र बैंकमा ३५ खर्ब २२ अर्ब ३५ रुपैयाँ निक्षेप राखेका छन्। सात सय ७१ पटक गरेर बैंकहरुले राष्ट्र बैंकबाट सो बराबरको स्थायी निक्षेप सुविधा लिएका हुन्। जसमा बैंकहरुले ३१ अर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ फिर्ता लिइसकेका छन्।
बैंकहरुले हप्तामा तीन पटक अर्थात् प्रत्येक आइतबार, मंगलबार र बिहीबार निक्षेप सुविधा पाउँछन्। आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको पैसा बिहीबार र बिहीबार जम्मा भएको पैसा आइतबार परिपक्व भई भुक्तानी गरिन्छ।



About Us
प्रतिक्रिया