काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले साउन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
साउन महिनामा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत भन्दा बढि ब्याज दिनेछ । असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो ।
त्यस्तै, बैंकले साधारण बचततर्फ पनि ब्याजदर घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ भने असारमा साधारण बचतमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.०५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।
प्रतिक्रिया