काठमाडौं- सानिमा बैंक लिमिटेडले साउन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले रेमिट्यान्स खातामा ७.४० प्रतिशत ब्याजदर तोकेको छ भने असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो र रेमिट्यान्समा ७.८० प्रतिशत थियो ।
साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको जनाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ६.१० प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।
बैंकको आधारदर घटेसँगै कर्जा तर्फको ब्याजदर पनि घटेको छ । बैंकको आधारदर साउनमा घटेर ८.०६ प्रतिशत तोकेको छ ।
प्रतिक्रिया