काठमाडौं – गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला भएको छ । विशेष अदालतले घटनामा संलग्न थप दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरेकाे हाे ।
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवाना समेत गरेको छ ।
विशेष अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्षका दरले कैद सजायको फैसला गरेको हो । मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला भएको छ। रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई एक–एक वर्षका दरले कैद हुने भएको छ ।
उनीहरूले अमात्यको बारामा रहेको १२ विगाहा जग्गाको कागजात कीर्ते गरेर धितो राखी कुमारी बैंकको बारा शाखाबाट १९ करोड रूपैयाँ ऋण लिएका थिए। नक्कली कागजातका आधारमा ऋण लिएको र त्यो रकम दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलेको थियो।






About Us
प्रतिक्रिया