काठमाडौं – नागरिक लगानी कोष (सीआइटी) को २९ औं वार्षिक साधारण सभा भोली बस्ने भएको छ। कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।
सभाले कोषको गत आर्थिक वर्ष (आव) को आम्दानीबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै शेयरधनी र सञ्चालकहरूको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारणसभा प्रयोजनार्थ कोषले असार २० गते नै बुक क्लोज गरिसकेको छ।



About Us
प्रतिक्रिया