आइतबार कतिमा हुँदैछ सुनको कारोबार ?


काठमाडौंं – आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सुन आज हालसम्मै उच्च मूल्यमा स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ। मूल्य घटेसँगै चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।