काठमाडौं – नेपालको सबैभन्दा ठूलो तथा एक मात्र भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनी प्राइम सेरामिक्स प्रालिले सञ्चालनमा आएको एक वर्ष पूरा गरेको छ । कम्पनीले दुई अर्ब रूपैयाँको लगानीमा गत २०८० असारदेखि रौतहटमा आफ्नो अत्याधुनिक फ्याक्ट्रीबाट साक्मी, इटलीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइलहरूको उत्पादन सुरू गरेको थियो। एक वर्षको अवधिमा कम्पनीेको ब्राण्ड ‘प्राइम–टाइल्स विथ स्टाइल’ ले नेपाली उपभोक्ताहरूको मन जित्दै दुई करोड स्क्वायर फिटभन्दा बढी टाइलहरू बिक्री गर्न सफल भएको छ।
यस सफलताको प्रमुख कारणहरूमा भित्ता र फ्लोर टाइलको विभिन्न साइजहरू, ३५० भन्दा बढी डिजाइनहरू, १२० डिलरहरूको बलियो नेटवर्क, गुणस्तरीय उत्पादनहरू, प्रतिस्पर्धी मूल्य र नेपालीको स्वदेशी ब्राण्ड रहेको कम्पनीले जनाएको छ। ३५० कर्मचारीहरूको टिमका साथ सम्पूर्ण निर्माण प्रक्रियाहरू अत्याधुनिक, अल्ट्रा–आधुनिक डिजिटल प्रिन्टिङ टेक्नोलोजी र नेपाली कच्चा पदार्थसहित स्पेनिश गलेज मसीको प्रयोग गररी कम्पनीले नेपाली ग्राहकहरूको चाहनाअनुरूपको रोजाइ तथा प्राथमिकताका टाइलहरू उत्पादन गरेको छ ।
कम्पनीले नेपालमा पहिलो पटक बिल्डकन २०२४ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे, जसमा मिथिला आर्ट, थांकारपौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोनलगायतका नेपालको कला र संस्कृतिलाई टाइल्स मा प्रयोग गरिएको छ । कम्पनीका अनुसार प्राइम टाइल्सले विश्वव्यापी मापदण्ड पूरा गर्ने नेपाली ब्राण्ड भएकामा निकै सन्तुष्टि महसुस गरेको छ । कम्पनीले आयातित टाइल्सलाई आंशिक रूपमा प्रतिस्थापन, विदेशी मुद्राको बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको छ ।



About Us
प्रतिक्रिया