काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
बैंकको सो शेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ । यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया