प्रधानमन्त्रीले वैदेशिक अनुदानको कागजी सहमति गरे भनेर छाती ठोक्नु पर्दैन : योगेश भट्टराई 


काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले सरकारलाई ३ अर्बको वैदेशिक अनुदान ल्याउने कागजी सहमति गरे भनेर छाती नठोक्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलका तर्फबाट भाग लिँदै उनले त्यति लगानीले नपुग्ने समेत बताएका छन् ।

भट्टराईले भने,  ‘यो देशमा अहिलेको वातावरणले पनि पर्याप्त वैदेशिक लगानी सुनिश्चितता नगर्ने सन्देश विश्व परिवेशमा सम्प्रेषित भएको छ  र नयाँ राजनीतिक स्थायित्वको आवश्यकता महशुस भएको छ । ’

यसैगरी, उनले सरकारलाई इजरायलमा बेपत्ता भएका बिपिन जोशीलाई नखोजेको आरोप पनि लगाएका छन् । साथै, उनले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गर्ने नसेको पनि आरोप लगाएका छन्।