काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया