काठमाडौं – सरकारले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी स्थितिमा सुधार गर्ने उद्देश्यसहित रणनीति तयार गरी सार्वजनिक गरेकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१–०८२–२०८५–०८६)’ लाई आफ्नो वेवसाइडमा सार्वजनिक गरेको हाे।
साे रणनीतिमा भ्रष्टाचार, राजस्व छली, हुन्डी र क्रिप्टो करेन्सीको कारोबार जस्ता वित्तीय अपराध न्यूनीकरणलगायतका विषयलाई समेटिएको छ। लागुऔषध ओसारपसार, सङ्गठित अपराध, आपराधिक लाभ, आन्तरिक आतङ्कवाद, ठगी, चोरी, नक्कली मुद्राको कारोबार, कालोबजारी तथा तस्करी, किर्तेलगायतका अपराध नियन्त्रणजस्ता विषय पनि रणनीतिमा समावेश गरिएको गरिएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्रै सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको थियो। सो व्यवस्था परिमार्जन भएर प्रहरी अख्तियार, राष्ट्र बैंक र धितोपत्र बोर्डले सहित १४ वटा निकायले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरेर मुद्दा चलाउन सक्छन्।



About Us
प्रतिक्रिया