काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा मार्गदर्शन १ करोडभन्दा मुनिको कर्जामा नलाग्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको विषयमा सुझाव दिनका लागि आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनको बारेमा पनि सो कार्यक्रममा प्रष्ट पारे । अधिकारीले १ करोडभन्दा कम रकम ऋण लिने व्यक्तिलाई यो मार्गदर्शनले केही पनि प्रभाव नपार्ने बताए । उनले साना व्यवसायीहरुलाई प्रोत्साहन गर्ने कुरामा ब्याजदर पोलिसि स्पष्ट रहेको बताए । उनले आन्तरिक स्रोत साधन प्रयोग गरेर सञ्चालन गरिरहेको उद्योगहरुलाई २ प्रतिशतभन्दा बढि बेस रेट लगाउन नपाईने सर्कुलर नै रहेको बताए ।
उनले डिजिटलमा धेरै अगाडी बढिसकेको उल्लेख गरे । उनले फागुन ५० औं करोडको भारतबाट आएका पर्यटकले कारोबार गरेको उनले बताए । उनले नेपाल भ्रमणमा आउने चिनिया र श्रीलंकन पर्यटकलाई लक्षित गरी चीनको अली पे र श्रीलंकाको लंका पेसँग सम्झौता गर्ने प्रक्रिया अघि बढेको बताए । उनले नेपाल राष्ट्र बैंकले क्रस बोर्डर भुक्तानीमा पनि डिजिटल गर्न चाहिरहेको बताए ।
साथै, गभर्नर अधिकारीले राष्ट्र बैंकले यो वर्षबाट छुट्टै कन्जमर प्रोटेक्सन र फाइनान्सियल इन्कुजनको डिभिजन बनाएको जानकारी दिए । ‘बैंकले ग्राहकलाई मर्का पर्ने काम गरेको छ भने अध्ययन गर्नका लागि उपभोक्ता हित संरक्षण विभाग नै बनाएर काम गरिरहेका छौं, कुनै गुनासो छ भने तत्काल राष्ट्र बैंकलाई जानकारी गराउँदा हुन्छ,’ उनले भने ।
प्रतिक्रिया