काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको खराब कर्जा बढ्दा चुनौती थपिएको उल्लेख गरेका छन्। अध्यक्ष ढकालले मंगलबार महासंघले मौद्रिक नीतिको विषयमा सुझाव दिनका लागि आयोजना गरेको कार्यक्रममा धारणा राख्दै पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा बढ्दै गएकोले समग्र बैंकिङ्ग क्षेत्रमा चुनौती थपिएको उल्लेख गरेका हुन् ।
उनले खराब कर्जा बढेका कारण अहिले बैंकलाई जोगाउनु पर्ने अवस्था देखिएको बताए। बैंकका लागि संजिबिनी बुटी हुने गरि नीतिगत व्यवस्था गर्नुपर्ने अध्यक्ष ढकालको धारणा छ ।
उनले भने ‘बैंकको खराब कर्जा बढेको बढ्यै छ, कर्जा प्रवाह संकुचित भएकाले आगामी नीतिमा प्रणालीलाई बलियो बनाउँदै कर्जा प्रवाह बढ्ने नीति ल्याउनुपर्छ,’। ढकालले नेपाल राष्ट्र बैंकलाई बजार चलायमान गर्ने नीति ल्याउन पनि सुझाव दिए।



About Us
प्रतिक्रिया