काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
तोकिएको समयाभित्र संस्थापक शेयरधनीबाट शेयर खरिद गर्ने जानकारी नआएमा प्रचलित कानुनबमोजिम सो शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले उल्लेद गरेको छ ।
प्रतिक्रिया