काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन्। सहकारी छानबिन संसदीय विशेष समितिकाे साेमबार सिंहदरबार बसेकाे बैठकमा गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीमा समस्या आएको बताए।
गभर्नर अधिकारीले सहकारीका समस्या समाधानका लागि ‘सेकेन्ड टायर इन्स्टिट्युसन’ बलियो नियामकीय निकाय बनाइनुपर्ने पनि उल्लेख गरे।
सहकारी छानबिन संसदीय विशेष समितिले सोमबार बैंकिङ्ग क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ। सिंहदरबारमा बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट लगायतसँग छलफल गरेको हो ।



About Us
प्रतिक्रिया