सिन्धु विकास बैंकको अध्यक्ष छोटो समयमै परिवर्तन 


काठमाडौं – सिन्धु विकास बैंकले छोटो समयमै अध्यक्ष परिवर्तन गरेको छ। बैंकले नियुक्त भएको ९ दिनमा नै अध्यक्ष हटाएर नयाँ अध्यक्ष चयन गरेको हो।

बैंकले यही असार १३ गते अध्यक्षमा नियुक्त भएकी निभा डंगोललाई हटाउँदै असार २२ गते दामोदर प्रसाद सुवेदीलाई अध्यक्षमा चयन गरेको हो।