काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलनमा वृद्धि हुने क्रम जारी छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १८ गते बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ६३ खर्ब ७० अर्ब पुगेको छ। केन्द्रीय बैंककाअनुसार असार १७ गते भने बैंकिङ्ग प्रणालीमा ६३ खर्ब ५८ अर्ब निक्षेप संकलन भएको थियो। यस तथ्यांकलाई नियाल्दा एकदिनमा १२ अर्बले निक्षेप संकलन बढेको छ।
सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि १२ अर्बले बढेको छ। गत सोमबार ५६ खर्ब ३५ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले मंगलबार ५६ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेका छन्। त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह पनि २ अर्बले बढेको छ। सोमबार ५१ खर्ब ५० अर्ब प्रवाह भएकोमा सोमबार ५१ खर्ब ५२ अर्ब प्रवाह भएको छ।
सो समयवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि २ अर्बले नै बढेको छ। सोमबार ४५ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले मंगलबार ४५ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.८० प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।



About Us
प्रतिक्रिया