काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच हजार ४९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । अतः इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल, नक्साल, काठमाडौं वा कुमारी बैंक, प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ। शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ।



About Us
प्रतिक्रिया