ग्लोबल आइएमई बैंकले विभिन्न स्थानको घरजग्गा बिक्री गर्दै


काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको घर, जग्गाहरू लिलामी मार्फत बिक्रीमा ल्याएको छ।बैंकले नारायणगढ शाखा, चितवन र गुर्भाकोट शाखा, सुर्खेतको स्वामित्वमा रहेको घर, जग्गाहरू जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री गर्न लागेकाे जनाएकाे छ।

उक्त घर, जग्गाहरू खरीद गर्न इच्छुक व्यक्तिले बैंकको शर्तहरूको अधीनमा रही ७ दिनभित्र बोलपत्र फाराम भरी काठमाडौंको नक्सालस्थित बैंकको प्रधान कार्यालयको कर्जा असुली विभागमा पेश गर्नु पर्नेछ।