काठमाडौं – नबिल बैंकले रु. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ।
कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि गत असार १४ गते सेबोनमा निवेदन दिएको हो। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ।
कम्पनीले आगामी आठ वर्षका लागि वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हाे।
प्रतिक्रिया