काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधबार) बजारबाट रु. ५० अर्ब तान्ने भएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता तान्दै आएको छ।
यसैको निरन्तरता स्वरुप केन्द्रीय बैंकले आज २१ दिनका लागि ५० अर्ब तरलता तान्ने भएको हो। निक्षेप संकलन बोलकबोल बुधबार असार १९ गते हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकम बराबर बोलकबोल गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया