काठमाडौं – नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम लगानी गर्न लागेको हो। यसका लागि केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ।
बैंकले ३६६ दिनका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा उक्त रकम ब्याजमा राख्न चाहेको हो । बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई प्रस्तावित ब्याजदरसहित असार २० गतेसम्म दरखास्त दिन आह्वान गरेकाे छ ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई २ करोड २५ लाख रुपैयाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको छ।



About Us
प्रतिक्रिया