बैंकिङ्ग प्रणालीमा तरलता संकलन स्थिर रहँदा कर्जा प्रवाहमा वृद्धि, अन्य सूचक कस्तो ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहेको छ। राष्ट्र बैंकको असार ९ र १० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन स्थिर देखिएको हो। तथ्यांकअनुसार असार ९ गते आइतबार ६२ खर्ब ८८ अर्ब निक्षेप संकलन भएकोमा भोलिपल्ट असार १० गतेपनि सोही रकम बराबरको निक्षेप संकलन भएको छ ।

बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहेपनि कर्जा प्रवाहमा भने वृद्धि देखिएको छ। केन्द्रिय बैंकको तथ्यांकअनुसार असार ९ गते बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेकोमा भोलिपल्ट ५१ खर्ब ४१ अर्ब प्रवाह गरेका छन्। तथ्यांकअनुसार १ दिनमा कर्जा प्रवाह ४ अर्बले बढेको देखिन्छ।

यसैगरी सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा पनि ४ अर्बले वृद्धि भएको छ। असार ९ गते ४५ खर्ब ४४ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले भोलिपल्ट अर्थात् असार १० गते ४५ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७९.६४ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।