काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भिषण बर्षाका कारण खस्दा एक जनाको मृत्यु भएको छ । आज बिहान परेको भिषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
छत खस्दा एक जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका छन् । भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो । घटनाका कारण टर्मिनल १ बाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् जसबाट आन्तरिक उडान मात्र भइरहेको छ ।
केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडू किञ्जरापुले विमानस्थलको भ्रमण गरी टर्मिनल १ को निरीक्षण गरेका छन् । उनले विमानस्थलको सञ्चालन अस्थायी रूपमा टर्मिनल २ र टर्मिनल ३ मा सार्ने समेत बताएका छन् ।




About Us
प्रतिक्रिया