राष्ट्र बैंकले गर्‍यो अन्तरदेशीय भुक्तानीमा सहज व्यवस्था, क्यूआरबाटै नेपाल – भारतमा भुक्तानी गर्न सकिने


काठमाडौं – नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम त्यस अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै नेपालबाट भारत र भारतबाट नेपाल हुने भुक्तानीमा सहज व्यवस्था मिलाएको हो। नेपालबाट भारत र भारतबाट नेपालमा कार्ड बाहेक क्यूआर लगायत अन्य उपकरणमार्फत भुक्तानी गर्न सकिने छ।

अब रोजगारीका लागि नेपाल आएका भारतीय नागरिकले आफ्नो पारिश्रमिक बापतको पैसा इ– बैंकिङ्ग, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग र क्यूआर कोडबाटै आफ्नो देश पठाउन सक्ने भएका छन्।