सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँले घटेकाे हाे।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।