क्रस बोर्डर पेमेन्टमा हामीसँग भएका पूर्वाधारले पनि प्रभाव पार्छ : सीईओ प्रधान

क्रस बोर्डर पेमेन्टमा हामीसँग भएका पूर्वाधारले पनि प्रभाव पार्छ : सीईओ प्रधान


काठमाडौं – एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानले क्रस बोर्डर पेमेन्टमा पूर्वाधारले विशेष भूमिका खेल्ने बताएका हुन् । ‘दोस्रो बैकिङ्ग नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’ मा उठेका प्रश्नको जवाफ दिँदै सीईओ प्रधानले क्रस बोर्डर पेमेन्टमा अन्य क्षेत्रका साथै पूर्वाधारले पनि विशेष भूमिका हुने औंल्याएका हुन् ।

उनले भने, ‘क्रस बोर्डर पेमेन्टमा हामीसँग कति पूर्वाधार छ भन्ने विषयले विशेष महत्व राख्छ। हामीले क्रस बोर्डर पेमेन्टको कुरा गरिरहँदा पूर्वाधारको हिसाबले हामी कति सक्षम छौँ भन्ने कुरामा पनि हामी स्पष्ट हुनुपर्छ।’

डिस्कोर्सको चौथो सत्रमा नेपाल राष्ट्र बैंकका, भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम धुँजु, फिन्टेक अलाइन्सका संजिव सुब्बा, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, फोनपेका कार्यकारी अधिकृत दिवस कुमार सापकोटाको सहभागिता रहेको छ। यस सत्रको सहजर्ताको भूमिकामा स्टान्डर्ड चार्टर्ड बैंकका ट्यान्ज्याक्सन प्रमुख माइकल सिद्धी रहेका छन्।