राष्ट्र बैंकले आन्तरिकका साथै अन्तरदेशीय भुक्तानीलाई प्राथमिकतामा राखेको छ: निर्देशक धुँजु

राष्ट्र बैंकले आन्तरिकका साथै अन्तरदेशीय भुक्तानीलाई प्राथमिकतामा राखेको छ: निर्देशक धुँजु


काठमाडौं– नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम धुँजुले आन्तरिक भुक्तानी प्रणालीका साथै बाह्रय भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन्। ‘दोस्रो बैकिङ्ग नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’मा उठेका प्रश्नको जवाफ दिँदै निर्देशक धुँजुले अन्तरदेशीय भुक्तानी प्रणालीलाई यथाशिघ्र लागू गर्न राष्ट्र बैंक तयार रहेको बताएका हुन्।

उनले भने, ‘आन्तरिक भुक्तानी प्रणालीका साथै अन्तरदेशीय भुक्तानी प्रणाली लागू गर्न हामी तत्पर छौँ। सम्पूर्ण तयारी पूरा पनि भइसकेको छ। अन्तरदेशीय भुक्तानी हाम्रो प्राथमिकतामा छ।’

डिस्कोर्सको चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’ मा नेपाल राष्ट्र बैंकका, भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम धुँजु, फिन्टेक अलाइन्सका संजिव सुब्बा, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाको सहभागिता रहेको छ। यस सत्रको सहजर्ताको भूमिकामा स्टान्डर्ड चार्टर्ड बैंकका ट्यान्ज्याक्सन प्रमुख माइकल सिद्धी रहेका छन्।