काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकका नायबप्रमुख कार्यकारी अधिकृत पवन रेग्मीले वित्तीय सारक्षता कार्यक्रम नागरिकदेखि सरकारसम्म सबैका लागि आवश्यक रहेको बताएका छन्। ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिती’मा उठेका प्रश्नको जवाफ दिँदै उनले वित्तीय सारक्षता नागरिकका लागि मात्र आवश्यक छ भन्ने भ्रम त्याग्नुपर्ने बताएका हुन् ।
डिसीओ ज्ञवालीले भने, ‘सबैभन्दा पहिले हामीले वित्तीय सारक्षताका कार्यक्रम तल्लो वर्गका लागि मात्र आवश्यक छ भन्ने भ्रम ग्याग्नुपर्छ । सारक्षताका कार्यक्रम सरकार, माथिल्लो वर्गका नागरिक सबैका लागि आवश्यक छ।
दोस्रो सत्रमा ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’मा फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी रहेका छन्। यस सत्रको सहजकर्ताको रुपमा सञ्चारकर्मी श्री पाण्डे रहेकी छिन्।
प्रतिक्रिया