वित्तीय साक्षरता सबै भेगका नागरिकका लागि आवश्यक छ : सीईओ कोइराला

वित्तीय साक्षरता सबै भेगका नागरिकका लागि आवश्यक छ : सीईओ कोइराला


काठमाडौं – माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले वित्तीय सारक्षता सबै क्षेत्रका नागरिकका लागि आवश्यक रहेको बताएका छन्। ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिती’मा उठेका प्रश्नको जवाफ दिँदै उनले वित्तीय सारक्षतामा हिमाली भेगमा चुनौती रहेको औँल्याएका हुन्।

सीईओ ज्ञवालीले भने, ‘वित्तीय सारक्षता सबै भेगमा बराबर आवश्यक छ। कुनै एक क्षेत्रका नागरिकमात्र साक्षर भएर वित्तीय सारक्षतामा टेवा पुग्दैन। सबै क्षेत्रका नागरिक साक्षर हुन अपरिहार्य छ।’

डिस्कोर्सको दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’मा फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी रहेका छन्। यस सत्रको सहजकर्ताको रुपमा सञ्चारकर्मी श्री पाण्डे रहेकी छिन्।