काठमाडौं- नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्तले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै गएको बताएका छन्। हाल काठमाडौंको हायात रिजेन्सीमा जारी दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ मा बोल्दै उनले बैंकिङ्ग डिस्कोर्सले बैंकिङ्ग क्षेत्रका साथै देशको अर्थतन्त्रमा टेवा पुर्याउने बताएका हुन्।
उनले वित्तीय सारक्षरताले अर्थतन्त्रलाई टेवा पुर्याउने पनि बताएका छन्। उनले नेपाल राष्ट्र बैंकले वित्तीय सारक्षताका कार्यक्रम सञ्चालन गर्दे आएको उल्लेख गर्दै नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उत्साहजनक प्रगति भइरहेको टिप्पणी गरे। उनले बैंकिङ्ग डिस्कोर्सले वर्तमान आर्थिक चुनौतिलाई सम्बोधन गर्न विशेष सहयोग पुर्याउने बताए ।
प्रतिक्रिया