बैंकिङ्ग डिस्कोर्स २०२४ : वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेती सहभागि हुने

बैंकिङ्ग डिस्कोर्स २०२४ : वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेती सहभागि हुने


काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेती सहभागि हुने भएका छन् । छलफलको चौथो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा उप्रेती सहभागी हुने भएका हुन् ।

दोलखामा जन्मिएका उप्रेतीले व्यवस्थापनमा विद्यावारिधी गरेका छन्। उनले २०७९ सालदेखि वैदेशिक रोजगार बोर्डमा सेवा सुरु गरेका हुन् । उनले उद्यमशिलताका तालिमहरु प्राप्त गरेका छन्। उनले हालसम्म युरोप, एसिया र अफ्रिकीमुलुक सहित ४३ देशहरु भ्रमण गरिसकेका छन् ।

बैंकिङ्ग समाचार डटकमको आयोजना , ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ आयोजना हुने भएको छ। काठमाडौंको हायत रिजेन्सीमा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा गरिनेछ।साथै, कार्यक्रमकाे विशेष सत्रमा छलफलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरुको उपस्थिति रहनेछ।

मुख्य रुपमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुनेछ। दोस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ ले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।