पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३३ जनालाई रोजगारीको अवसर


काठमाडौं – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका ३३ जना लागि कर्मचारी माग गरेको छ। प्रतिष्ठानले विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।

प्रतिष्ठानले प्राध्यापक, सह प्राध्यापक, सहायक प्राध्यापक, फार्मेसी टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, ओरल हाईजिनिष्ट, बायोमेडिकल टेक्निसियन, फार्मेसी टेक्निसियन, अटोमोबाइल सबइन्जिनियर र जुनियर लेखा सहायक पदको विभिन्न तह, सेवा, समूह तथा उपसमूहमा कर्मचारी माग गरेको छ ।

आवेदन दिने अन्तिम मिति असार २७ गते र दोब्बर दस्तूर तिरेर साउन ३ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।