काठमाडौं – चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना वैशाखसम्ममा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकले साे नाफा कमाएका हुन्।
वाणिज्य बैंकमध्ये सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले १० महिनामा ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड १० रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड ५७ लाख नाफा कमाएकाे छ।
त्यस्तै, एभरेष्ट बैंकले २ अर्ब ९८ करोड ३ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ६६ करोड ५८ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन्। समिक्षा अवधिमा हिमालयन बैंकले २ अर्ब २२ करोड ८९ लाख, एनआईसी एशिया बैंकले २ अर्ब १६ करोड २२ लाख, एनएमबि बैंकले २ अर्ब ४८ करोड ७३ लाख, प्रभु बैंकले २ अर्ब ५० करोड ४६ लाख ,कृषि विकास बैंकले २ अर्ब ७९ करोड ७२ लाख नाफा कमाएका छन्।
राष्ट बैंककाे तथ्यांकअनुसार समिक्षा अवधिमा कुमारी बैंकले १ अर्ब ४२ करोड ९२ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब ४२ करोड २९ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड ६२ लाख नाफा कमाएका छन्। यसैगरी, सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड ७७ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९५ करोड ६९ लाख, सानीमा बैंकले १ अर्ब ७४ करोड ६४ लाख, सिटिजन बैंकले १ अर्ब ५० करोड ३२ लाख खुद नाफा आर्जन गरेका छन्। चालु आवको १० महिनामा सबैभन्दा कम नेपाल बैंकले ५९ करोड ३ लाख मात्रै नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।



About Us
प्रतिक्रिया