कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंकले  विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको छ। यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन्। 

इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। 

शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। साथै, तोकिएको समयभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ।