काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा देबेन्द्र रमण खनाल नियुक्त भएका छन् । बैंकले आज एक सूचना जारी गर्दै रिक्त रहेको सीईओ पदमा खनाललाई नियुक्त गरेको जनाएको हो ।
खनाल लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध छन् । यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंकबाट निवृत्त भएपछि चैत २९ गतेबाट तत्कालिन नायब प्रमुख कार्यकारी अधिकृत खनाललाई कायम मुकाय सीईओको जिम्मेवारी दिइएको थियो ।
सीईओ पदका लागि सर्टलिष्टमा ५ जनाकाे नाम छनाेट भएकाेमा खनाल सीईओ भएका हुन्।सर्टलिष्टमा पर्ने अन्य चार जनामा कृष्ण बहादुर अधिकारी, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए।



About Us
प्रतिक्रिया