कर्जा प्रवाहमा केही सुधार, अन्य सूचक कस्तो ?


काठमाडौं– नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन दर केही घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले निक्षेप संकलन ४ अर्बले घटेको देखाएको हो । बैंकको तथ्यांकले ६ गते आइतबार ६१ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ७ गते सोमबार ६१ खर्ब ९४ अर्ब निक्षेप संकलन भएको उल्लेख गरेको हो।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेप दर पनि केही घटेको छ। गत आइतबार ५४ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले गत सोमबासम्मर ५४ खर्ब ७७ अर्ब निक्षेप संकलन गरेका छन्।

राष्ट्र बैंकले कर्जा प्रवाहमा भने केही सुभार भएको उल्लेख गरेको छ । बैंकको तथ्यांकअनुसार गत सोमबारसम्ममा कुल कर्जा प्रवाह ५१ खर्ब १३ अर्ब भएको छ। आइतबार भने ५१ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेका थिए । साथै, बैंकको तथ्यांकले वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह केही बढेको उल्लेख गरेको छ। राष्ट्र बैंककाअनुसार गत आइतबार ४५ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले गत सोमबासम्मर ४५ खर्ब २२ अर्ब कर्जा प्रवाह गरेका छन् । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.३२ कायम भएको थियो ।

त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर केही घटेर २.९२ कायम भएको उल्लेख गरेको छ।