तेस्रो सांग्रिला साइकल र्‍यालीको लागि रजिष्ट्रेशन खुल्ला


काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा यही जेठ १९ गते शनिवारका सांग्रिला डेभलपमेन्ट बैकले साइकल र्‍याली गर्ने भएको छ । ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघसंस्थाहरुसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गरिएको हो। साइकल र्‍यालीमा सहभागी हुन चाहने इच्छुकहरूले  https://www.shangrilabank.com/cyclerally/ मा निःशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सकिन्छ । उक्त साइकल र्‍याली जेठ १९ गते बिहान ७ः०० बजेदेखि शुरु हुनेछ । 

र्‍याली सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ । 

यस साइकल प्यालीमा सांग्रिला डेभलपमेन्ट बैंक लि ने बातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इत्यनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुयाउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ। वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment ” भन्ने नारा लिएर बगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिदै जाने जानकारी गराएकाे छ ।