काठमाडौं – आज सोमबार पनि सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ। आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै ,आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले नै बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतितोलाका ३० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।






About Us
प्रतिक्रिया