सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा २१% ले वृद्धि



काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बीमा कोषको आकार २१ प्रतिशतले वृद्धि भएर तीन अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको मुनाफा ३ दशमलव २१ प्रतिशतले वृद्धि भई २० करोड ९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बढेको छ । यस अवधिमा कम्पनीको यस्तो आर्जन गत आर्थिक वर्षको तुलनामा ९ दशमलव २८ प्रतिशतले वृद्धि भई १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको उक्त आर्जन १ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको स्पेसियल रिजर्भमा ५३ करोड रुपैयाँ र रिटेण्ड अर्निङ्गमा १८ करोड रुपैयाँ संचिती रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले १ लाख १६ हजार ९०३ वटा बीमा पोलिसी जारी गरेको छ ।